गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता
nagariknews.nagariknetwork.com · Sat Nov 14 06:09:11 UTC 2026

गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर दर्ता भएको छ।
हिमाचल प्रदेशको शिमलामा क्याप्टेन अतुल शर्माको उजुरीका आधारमा प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) का धारा १९६, ३५३ र ३५६ अन्तर्गत मुद्दा दर्ता गरेको हो। शर्माले कंगनाले नोभेम्बर १० मा आफ्नो प्रमाणित सामाजिक सञ्जाल ह्यान्डलबाट गान्धी परिवारलाई लक्षित गर्दै विभिन्न पोस्ट गरेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)