मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठको दोस्रो दिन आज खरना विधि श्रद्धापूर्वक मनाइँदै

gorkhapatraonline.com · Sat Nov 14 06:44:26 UTC 2026

लोकआस्था र सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन शनिबार सप्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा खरना विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यस अवसरमा व्रतालु दिनभर उपवास बसेर साँझ विधिपूर्वक पूजा गरी प्रसाद ग्रहण गर्ने तयारीमा जुटेका छन् ।

छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनाका दिन व्रतालु बिहानदेखि निराहार व्रत बसेर साँझ स्नान गरी घरको आँगन वा पूजाकोठामा पूजा गर्ने परम्परा रहेको व्रतालु सुनिता कुमारीले बताउनुभयो । विशेषगरी माटोको चुल्होमा शुद्धतापूर्वक पकाइएको खीर, रोटी तथा गुड र दूधबाट तयार पारिएको प्रसाद सूर्यदेव र छठी मातालाई अर्पण गरिने उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)