मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्व : सूर्य उपासनादेखि सामाजिक सद्भावसम्म

hamrakura.com · Sat Nov 14 00:00:00 UTC 2026

‘छठ माए अएलीह दुअरिया सजाओल हे, पोखरि खुना सजाओल हे’ भन्ने छठ गीत अहिले यत्रतत्र गुन्जिरहेको छ। सूर्य उपासनाको विस्तारित रूप मानिने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयमा घाट निर्माण र सजावटको काम अन्तिम चरणमा पुगेको सन्देश यो गीतले दिन्छ। धार्मिक तथा वैज्ञानिक महत्त्वसँगै सामाजिक एकता, सांस्कृतिक सद्भाव, आर्थिक गतिविधि र कृषि जीवनसँग जोडिएको छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई उजागर गर्छ।

छठ पर्वको मूल विधि कार्तिक शुक्ल चतुर्थीदेखि शुरू हुन्छ। षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाआजा गरेपछि पर्व सम्पन्न हुन्छ। सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि तथा चर्मरोगबाट मुक्ति मिल्ने जनविश्वासका आधारमा यो पर्व मनाउने गरिएको छ। कुनै समय प्राचीन मिथिला क्षेत्रमा मात्र सीमित रहेको छठ अहिले नेपालका विभिन्न भूभागसहित देश-विदेशमा विस्तार भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)