१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
nepalpress.com · Sat Nov 14 07:08:30 UTC 2026
धनगढी । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमले ३० वटा खेलका खेलाडी छनोट गर्ने भएको छ।
प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगिता मंसिर १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा आयोजना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)