मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्वतीय मुलुकका एजेन्डालाई कोपले सम्बोधन गर्नेमा आशावादी छौँ : परराष्ट्रमन्त्री खनाल

ratopati.com · Sat Nov 14 07:54:26 UTC 2026

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् । टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा सहभागी हुन गत साता त्यसतर्फ प्रस्थान गरेका उनी आफ्नो सहभागिता टुङ्ग्याएर स्वदेश आइपुगेका हुन् ।

सम्मेलनमा नेपालले हिमाल तथा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, अनुकूलन तथा हानि–नोक्सानीका लागि वित्तीय सहयोग र बहुप्रकोपीय पूर्वसूचना प्रणालीको सुदृढीकरणजस्ता विषयलाई प्राथमिकताका साथ उठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)