मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

kendrabindu.com · Sat Nov 14 08:23:17 UTC 2026

अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि भिरबाट खसेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)