अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
barnanmedia.com · Sat Nov 14 08:33:05 UTC 2026

अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि भिरबाट खसेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)