मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्व : मधेश प्रदेशमा अर्थतन्त्र चलायमान

gorkhapatraonline.com · Sat Nov 14 08:57:37 UTC 2026

सप्तरीसहित मधेश प्रदेशभरि छठ पर्वको रौनक छाएको छ । सूर्यदेव र छठी माताको आराधनामा हजारौँ व्रतालु जुटिरहेका बेला पर्वले कृषि उत्पादनको बिक्री र स्थानीय व्यापारलाई गति दिएको छ । तर, छठको अवसरमा केरा, नरिवललगायत पूजासामग्रीको मूल्यमा मनपरी हुँदा बजार अनुगमन प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।

सप्तरीका विभिन्न पोखरी, तालतलैया, नदी तथा जलाशय गरी २६५ स्थानमा छठ पर्व मनाइँदै छ । व्रतालुहरू जलाशयमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठी माताको आराधना गर्ने तयारीमा छन् । पर्वका लागि जिल्लाका विभिन्न जलाशय तथा छठघाटमा सरसफाइ, सजावट र व्यवस्थापनको काम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)