मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डको राजनीतिक बेचैनी

saralpatrika.com · Sat Nov 14 08:30:29 UTC 2026

काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिमा एउटा यस्तो पात्र हुन्, जसलाई बेवास्ता गरेर नेपालको पछिल्लो तीन दशकको राजनीतिक इतिहास लेख्न सम्भव छैन। उनी सशस्त्र विद्रोहका कमाण्डर बने, शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता बने, गणतन्त्र स्थापनाका प्रमुख राजनीतिक पात्र बने र तीनपटक देशको प्रधानमन्त्रीसमेत भए। तर विडम्बना, यति लामो राजनीतिक यात्रापछि पनि उनको अभिव्यक्तिमा विकास, सुशासन र राजनीतिक स्थिरताको आत्मविश्वासभन्दा विद्रोह, प्रतिरोध, घेराबन्दी र आन्दोलनको चेतावनी बढी सुनिन्छ।

हालै फेरि सरकारविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने, नयाँ परिस्थिति सिर्जना गर्ने र विगतको विद्रोही शक्ति पुनः जाग्न सक्ने आशयका अभिव्यक्ति उनले दिएका छन्। गत महिना उनले माओवादी आन्दोलन सुरु गर्दा आफूहरूसँग ६० जना मात्रै रहेको र त्यही शक्ति विस्तार हुँदै गणतन्त्रसम्म पुगेको उदाहरणसमेत प्रस्तुत गरेका थिए। अहिले पनि सरकारविरुद्ध विभिन्न दलसँग आन्दोलनका विषयमा छलफल भइरहेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)