ट्रेलरमा ‘ककाकिकी’: कमेडी र सामाजिक कथाको मिश्रण (भिडियो)
kalakarmi.com · Sat Nov 14 10:30:23 UTC 2026

काठमाडौं– हास्य प्रधान फिल्म ‘ककाकिकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको ट्रेलर शनिवार काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा फिल्मको मुख्य कथावस्तु र प्रमुख कलाकारहरूलाई समेटिएको छ । ट्रेलरअनुसार कुलेबारी गाउँका स्थानीय बासिन्दा गाउँमा अस्पताल निर्माण गर्ने योजनामा जुटेका छन् । अस्पताल बनाउन विभिन्न उपाय खोज्ने क्रममा बैंक लुटेरै भए पनि अस्पताल बनाउनु पर्ने निष्कर्षमा केही पात्र पुगेको देखिन्छ । यही विषयलाई फिल्मले हास्यरसमा प्रस्तुत गरेको संकेत ट्रेलरले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)