ट्रेलर रिलिजमै प्रहरीको ‘छापा’ ! गौरी मल्लदेखि मनोज गजुरेलसम्मलाई समातेर लगियो
kalakarmi.com · Sat Nov 14 10:52:06 UTC 2026

काठमाडौं– एउटा नेपाली फिल्मको ट्रेलर रिलिज कार्यक्रम चलिरहेका बेला अचानक प्रहरी हलभित्र प्रवेश गर्छन् । त्यसपछि निर्देशक बिक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल तथा शिशिर वाङ्देललाई समातेर बाहिर निकालिन्छ । केही बेरमै उनीहरू प्रहरी भ्यानमा चढेर जान्छन् । हलमा उपस्थित सञ्चारकर्मी तथा दर्शक एकछिन जिल्ल ! आखिर ट्रेलर रिलिज कार्यक्रममा यस्तो के भयो ?
शनिवार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा फिल्म ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा देखिएको यो दृश्यले सबैको ध्यान खिच्यो । कार्यक्रमको अन्त्यतिर सञ्चारकर्मीले प्रश्न सोधिरहेका बेला चार–पाँच जना प्रहरी एकाएक सिनेमा हलभित्र छिरे । प्रहरीको प्रवेशसँगै कार्यक्रमको माहोल नै बदलियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)