मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा
saralpatrika.com · Sat Nov 14 10:35:53 UTC 2026

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा गरेका छन्। प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि उनले राजीनामा गरेका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि आज भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाको विश्वास गुमाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)