छठ मनाउन रवि लामिछाने दम्पती जनकपुरमा, गंगासागरमा विशेष सुरक्षा व्यवस्था
kalakarmi.com · Sat Nov 14 11:17:28 UTC 2026

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुरधाम पुगेका छन् । शनिवार जनकपुर विमानस्थलमा पुगेका लामिछाने दम्पतीलाई रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । उनीहरूले जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गंगासागर पोखरीमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ ।
लामिछाने दम्पतीको आगमनलाई मध्यनजर गर्दै गंगासागर घाटसहित जनकपुरधामका विभिन्न क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । छठ पर्वको तयारी पूरा भएसँगै घाटमा पूजाआजा र व्रतालुहरूको व्यवस्थापनलाई समेत व्यवस्थित बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)