हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
makalukhabar.com · Sat Nov 14 12:16:52 UTC 2026

टर्किए । नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका जलजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली, वैज्ञानिक अनुसन्धान, अन्तरसंस्थागत सहकार्य र जलवायु उत्थानशील विकासलाई प्राथमिकता दिनुपर्नेमा विज्ञ तथा सरोकार भएकाहरूले जोड दिएका छन् ।
टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभेलियनमा आयोजित ‘हिमाली जल सुरक्षाका चुनौतीः हालैको रसुवा–भोटेकोशी विपद्बाट प्राप्त पाठ’ विषयक छलफलमा वक्ताहरूले विपद्पछिको उद्धार तथा राहतमा मात्र सीमित नभई विपद्पूर्व तयारी र जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)