मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेशमा मंसिर ४ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

annapurnapost.com · Sat Nov 14 12:29:37 UTC 2026

काठमाडौं : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरिएको जानकारी दिएको हो।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)