मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
arthasansar.com · Sat Nov 14 12:33:42 UTC 2026

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा विश्वासको मत लिने तय भएको थियो। तर, आवश्यक बहुमत नपुग्ने भएपछि प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिए।
१ सय ७ सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। तर, हाल कायम १ सय ३ सांसदमध्ये मुख्यमन्त्री यादवको दल नेपाली कांग्रेसका २२ सांसद मात्रै थिए। एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार ढलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)