वन संरक्षणसँगै कार्बन व्यापारमा नेपालको ठूलो कदम, २५ लाख हेक्टर वन समेटिँदै
kendrabindu.com · Sat Nov 14 13:15:53 UTC 2026

टर्किए । नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ ।
कोप–३१ को अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र साउथ पोलबीच आज भएको सहमतिअनुसार तीन प्रदेशमा क्षेत्रगत वन कार्बन कार्यक्रम (जे–रेड्ड प्लस) सञ्चालन गरिनेछ । प्रारम्भिक चरणमा तीन प्रदेशमा कार्यान्वयन हुने यो कार्यक्रम क्रमशः देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)