मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गते दिउँसो ४ बजेसम्म समय
rajdhanidaily.com · Sat Nov 14 13:04:45 UTC 2026

काठमाडौँ । मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दाबी पेस गर्ने समय २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म तोकिएको छ ।
प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान गरेका हुन् । उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्री पदमा दाबी पेस गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)