छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा
makalukhabar.com · Sat Nov 14 13:44:01 UTC 2026

काठमाडौँ । दीपावलीपछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरिएको छ । काठमाडौँ महानगरपालिकालगायत सङ्घसंस्थाको सहकार्यमा पोखरीको किनारमा करिब ५०० वर्तालुले पूजाआजा गर्न मिल्ने गरी घाटलाई व्यवस्थित गरिएको हो ।
पोखरीको चारैतिर पेटीमा वर्तालुलाई बस्ने, सूर्यलाई अर्घ्य दिने र पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलिमिली बत्तीहरूको प्रबन्ध मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)