‘मलाई कहिल्यै राजनीतिप्रति रुचि थिएन’
ratopati.com · Sat Nov 14 14:43:23 UTC 2026

राजीव नरहेपछि मेरो वरिपरिको हरेक कुराले मेरो पीडालाई प्रतिध्वनित गरिरह्यो । उनको सम्झनासँग जोडिएका कामहरूमा मैले केही सान्त्वना पाउँथेँ । तर सार्वजनिक कार्यक्रममा उपस्थित हुनुपर्ने अवस्था आउँदा आफ्नै कमजोरीसँग सामना गर्नुपथ्र्यो । त्यस्ता कार्यक्रमहरूबाट पन्छिन सम्भव थिएन । मैले नेतृत्व गरिरहेका विभिन्न स्मृति प्रतिष्ठानहरूको कामलाई निरन्तरता दिनुपर्ने थियो । त्यसअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन र संवोधनहरू पनि पर्थे । यस्ता कार्यक्रममा अतिथिहरूलाई भाषणमार्फत स्वागत गर्नुपर्ने जिम्मेवारी मेरो हुन्थ्यो ।
कार्यक्रम हुनुभन्दा केही दिनअघिदेखि नै म आफ्नो बेचैनीसँग जुध्न थाल्थेँ । स्रोताहरूलाई सम्बोधन गरिरहेका बेला अचानक आँसु थाम्न नसकिएला भन्ने डरले सताउँथ्यो । आगन्तुकहरूले समवेदना व्यक्त गर्दा पनि त्यस्तै हुन्थ्यो । मलाई याद छ, एकपटक दलाई लामा आउनुभएको थियो । उहाँले आफ्नो सधैँको जस्तै सहज र सोझो शैलीमा मलाई सोध्नुभयो, ‘राजीवको हत्या गर्नेहरूप्रति तपाईंलाई प्रतिशोधको भावना आउँछ ?’ मैले जवाफ दिएँ, ‘आउँदैन,’ र त्यसपछि भक्कानिएर रोएँ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)