मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

arthasansar.com · Sat Nov 14 15:09:55 UTC 2026

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ र शीर्ष दुईमा रहने पक्का भएको हो ।

विराटनगर किंग्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीले विराटनगरलाई पराजित गरेपछि प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । लुम्बिनी र सुदूरपश्चिमसँगै काठमान्डु गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान बनाएका छन् । काठमान्डु ५ खेलबाट ८ अंकसहित तेस्रो र चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । लिग चरणको ७ वटै खेल खेलिसकेको विराटनगर भने यो हारपछि ६ अंकसहित पाँचौ स्थानमै सिमित रह्यो र लिग चरणबाट बाहिरियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)