मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रीहरूको विदेश दौडाहा : प्रचार धेरै, उपलब्धि शून्य

himalpress.com · Sat Nov 14 14:53:24 UTC 2026

काठमाडौँ- हाम्रा मन्त्री र सांसदहरूको विदेश भ्रमणलाई सहभागिता, भेटघाट, तस्बिर र सामाजिक सञ्जालको गतिविधिबाट मापन गर्दा देशमा ठूलै उपलब्धि गराए झै देखिन्छ। अझ परराष्ट्रमन्त्री शिशिर खनालका तस्बिर भावभङ्गी नियाल्दा उनले भारतका समकक्षी जयश‌ंकर भन्दा पनि माथिल्ला स्तरको कूटनीतिक छविबनाए झै देखिन्छ।

वास्तविकता नियाल्दा उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई समेत भ्रममा राख्न सफल भएको एक मन्त्रीका रूपमा नियाल्न सकिन्छ। किनकी कुनै पनि भ्रमणको औचित्य नियाल्ने हो भने त्यो भ्रमणले राष्ट्रिय हितमा के हासिल गर्‍यो वा भविष्यमा हासिल गर्ने आधार तय गर्यो भन्नेमा खोजिनुपर्छ। अन्तर्राष्ट्रिय मञ्चमा ठूलो प्रतिनिधिमण्डल पुग्नु, उच्चपदस्थहरूसँग फोटो खिचाउनु र भेटवार्ताको सूची सार्वजनिक गर्नु कूटनीतिक सफलता होइन।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)