कस्तो रहला यो साताको तपाईंको भाग्य ?
ratopati.com · Sat Nov 14 21:15:00 UTC 2026

कार्तिक २९ गते आइतबारदेखि मंसिर ५ गते शनिबारसम्मको साप्ताहिक राशिफल ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । विशिष्ट व्यक्तीहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ । धर्मकर्म, पूजापाठ तथा आध्यात्मिक गतिविधितर्फ आकर्षित हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । साताको अन्त अर्थात् शुक्रबारबाट स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पत्ति हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)