मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बङ्गुरपालनबाट मनग्य आम्दानी

ratopati.com · Sat Nov 14 23:12:04 UTC 2026

नवलपरासी । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुटेका छन् । अरूको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल फर्किएर बङ्गुरपालनमा जुटेको ५९ वर्षीय गुरुङ बताउँछन् ।

“आठ वर्ष अगाडि फेरि नजाने गरी साउदीबाट घरमा आएँ”, गुरुङले भने, “घर फर्किएपछि विभिन्न काम गर्दै अहिले बङ्गुरपालनमा जुटेको छु ।” अन्य पेसा र व्यवसायभन्दा बङ्गुर पाल्न सहज र राम्रो आम्दानी हुने भएपछि बङ्गुरपालनलाई अगाडि बढाएको गुरुङले बताए । “नेपाल फर्किएपछि उत्तम पशुपन्छी तथा कृषि फार्म दर्ता गरेर सुरुमा कुखुरा पाल्न सुरु गरेको थिएँ”, उनले भने, “कुखुरापालनमा बढी मिहिनेत गर्दा पनि मिहिनेतअनुसार आम्दानी हुन सकेको थिएन, त्यसपछि बङ्गुरपालन सुरु गरेँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)