एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर
nepaltvonline.com · Sun Nov 15 00:18:28 UTC 2026
काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ । यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुल्नुभएको छ । एनपिएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ । यसपटक पनि केही युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाउनुभएको छ । बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम, रशिद खानलगायतले प्रभावशाली प्रदर्शन गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)