मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो छ आजको मौसम, यी ठाउँमा हुनेछ वर्षा र हिमपात

kendrabindu.com · Sun Nov 15 00:39:56 UTC 2026

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज देशको हिमाली भू-भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन चट्याङ, असिनासहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। साथै कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)