एनपीएलमा लयमा देखिएका चार नेपाली क्रिकेटर
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अब दोस्रो चरण अर्थात् प्लेअफमा प्रवेश गर्ने क्रममा छ। प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ। यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शनबाट विशेष चर्चा बटुलेका छन्। एनपीएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने मञ्च प्रदान गर्दै आएको छ। यसपटक पनि प्राप्त अवसरलाई सदुपयोग गर्दै बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम र रशिद खानलगायतले प्रभावशाली प्रदर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)