मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

प्रकृति र मानव सम्बन्धको प्रतीक छठ

annapurnapost.com · Sun Nov 15 01:39:45 UTC 2026

यस लोकमा प्रकृतिको सबैभन्दा शक्तिशाली छैटौं अंशका रूपमा पुजिने देवी ‘छठी’ हुन्। यसलाई प्रकृतिको छैटौं विकास पनि भनिन्छ। संसारको कुनै पनि मानव समाज मूलतः मातृप्रधान हुन्छ। उदाहरणका लागि, संसारमा जति पनि वेद–पुराणका रचयिता छन् ती पुरुष होलान्, तर समग्र मानव जातिकै जन्मदाता स्त्री हुन्। त्यसैले मातृसत्ताको मान र मर्यादालाई प्रधानता दिन छठ पर्वको सुरुवात भएको मानिन्छ।

छठ पर्व लोक, पुराण र वेदभन्दा पनि माथि उठेर पशुपन्छी, बोटबिरुवा र समग्र प्रकृतिको पर्व हो। यो केवल एक धार्मिक अनुष्ठानमात्र होइन, प्रकृतिसँग सही सम्बन्ध स्थापित गर्ने विज्ञान पनि हो। छठले हामीलाई प्रकृतिप्रतिको आफ्नो कर्तव्य र सम्बन्ध बुझ्ने अवसर दिन्छ। प्रकृति कुनै त्यस्तो उपभोग्य वस्तु होइन, जसको मानिसले आफ्नो इच्छाअनुसार दोहन गरिरहोस्, बरु हाम्रो अस्तित्व नै प्रकृतिमा निर्भर छ। सूर्य, नदी र जलप्रतिको सम्मान तबमात्र सार्थक हुन्छ, जब हामी तिनको संरक्षण पनि गर्छौं। प्रकृति जीवित रहेमात्र जीवन बाँच्नेछ र तबमात्र पर्वहरू पनि जोगिनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)