मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रास्वपाको २० सदस्यीय उच्चस्तरीय टोली आज चीन भ्रमणमा जाँदै

nepalviews.com · Sun Nov 15 01:41:30 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आज आइतबार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा ११ दिने चीन भ्रमणमा जाँदैछ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जान लागेको उक्त टोलीलाई प्रवक्ता जगदीश खरेलले बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम रहेको छ।

नोभेम्बर १५ देखि २६ सम्म चल्ने यस भ्रमणका क्रममा रास्वपा टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका सहरहरूको भ्रमण गर्ने तय भएको छ। प्रवक्ता खरेलका अनुसार भ्रमणका क्रममा नेपाल र चीनका दुई राजनीतिक दलबीच आपसी अनुभव आदानप्रदान हुनुका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा बृहत् छलफल हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)