मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्व विश्वव्यापी र समावेशी बन्दै गएको छ : संस्कृतिविद् महतो

nepalsamaya.com · Sun Nov 15 01:52:28 UTC 2026

काठमाडौं- छठ पर्व तराई–मधेशमा मात्र सीमित नरही विश्वव्यापी बन्दै गएको संस्कृतिविद् शीतलप्रसाद महतोले बताएका छन्। प्रकृति, वातावरण र सामाजिक सद्भावसँग जोडिएको छठ पर्वले समाजमा समानता र समावेशिताको सन्देश दिने उनको भनाइ छ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै महतोले मिथिला, भोजपुरा र अवध क्षेत्रका मानिसहरू रोजगारी तथा अन्य कारणले विश्वका विभिन्न ठाउँमा पुगे पनि आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिइरहेको बताए। अहिले भारतको बिहार र दिल्लीदेखि काठमाडौंसम्म छठ पर्व व्यापक रूपमा मनाउन थालिएको उनले उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)