भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद
makalukhabar.com · Sat Nov 14 13:50:33 UTC 2026

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका कार्यालयबाट खटिएको टोलीले आज भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारीसाधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको उक्त रकम बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गर्नुका साथै नष्ट गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)