महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
makalukhabar.com · Sun Nov 15 01:04:20 UTC 2026
सुनसरी । भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (पिएफ) फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसपछि २२औँ मिनेटमा अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपिएफले अग्रता दोब्बर बनायो । खेलको २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपिएफले ३–० को अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)