मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको राष्ट्रिय भेला लगत्तै जनप्रतिनिधि भेला र केन्द्रीय कमिटी बैठक बस्ने

nepalviews.com · Sun Nov 15 02:28:41 UTC 2026

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। उक्त राष्ट्रिय भेला सकिएलगत्तै पार्टीले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटीको चौथो बैठकसमेत बोलाउने निर्णय गरेको छ।

पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर २ र ३ गते हुने राष्ट्रिय भेला काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सञ्चालन हुनेछ। त्यसको भोलिपल्ट अर्थात् मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)