मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

माइक्रोसफ्टका सेवा अवरुद्ध हुँदा ७० भन्दा बढी देश प्रभावित, समस्या समाधान भएको घोषणा

ictsamachar.com

काठमाडौं । माइक्रोसफ्टले आफ्ना क्लाउड तथा डिजिटल सेवामा देखिएको विश्वव्यापी प्राविधिक अवरोध पूर्ण रूपमा हटेको जनाएको छ । कम्पनीले सेवा सञ्चालनमा आएको समस्या समाधान भइसकेको र सबै प्रभावित सेवा सामान्य अवस्थामा फर्किएको जानकारी दिएको हो ।

माइक्रोसफ्टका अनुसार कम्पनीको माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, टिम्स र कोपाइलटलगायत सेवामा अवरोध देखिएको थियो । उक्त समस्याबाट विश्वका ७० भन्दा बढी देश तथा क्षेत्रका प्रयोगकर्ता प्रभावित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)