मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

ajakoartha.com · Sun Nov 15 02:47:00 UTC 2026

महोत्तरी- लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।

मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो। कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने विधिलाई ‘खरना’ भनिन्छ। खरना सम्पन्न गरेपछि व्रतालुको निराहार व्रत सुरु हुने परम्परा छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)