एआई मानवभन्दा बुद्धिमान बन्दै गएको छ, मानव अस्तित्व नै संकटमा पर्न सक्छ : नोबेल पुरस्कार विजेता जेफ्री हिन्टन
ictsamachar.com

काठमाडौं । नोबेल पुरस्कार विजेता वैज्ञानिक जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले भविष्यमा मानव अस्तित्वमाथि गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । मानवभन्दा बढी बुद्धिमान प्रविधि निर्माण हुने क्रम अघि बढिरहेकाले यसको विकासलाई सुरक्षित र नियन्त्रित बनाउन सरकारहरूले तत्काल कदम चाल्नुपर्ने उनको भनाइ छ ।
पीबीएस टेलिभिजनको कार्यक्रम ‘फायरिङ लाइन विथ मार्गरेट हुभर’ मा बोल्दै हिन्टनले एआईको नियमन र सुरक्षाको जिम्मेवारी प्रविधि कम्पनीहरूलाई मात्र दिन नहुने बताए । आर्थिक लाभलाई प्राथमिकता दिने कम्पनीहरूले स्वेच्छाले आफ्ना प्रविधिका जोखिम नियन्त्रण गर्छन् भन्ने विश्वास गर्न नसकिने उनको तर्क छ । त्यसैले एआईलाई सुरक्षित बनाउने कानुनी व्यवस्था निर्माणका लागि सरकारलाई दबाब दिन उनले सर्वसाधारणलाई समेत आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)