मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्व सम्बन्धका आयाम

gorkhapatraonline.com · Sun Nov 15 02:58:54 UTC 2026

सूचना प्रविधिको सुविधाले विश्वलाई सीमित घेरामा राखेको छ । विश्वका गतिविधिले ल्याएको प्रभावलाई जान्न र बुझ्न सामाजिक सञ्जालका ‘प्लेटफर्म’ प्रभावकारी देखिएका छन् । यसले विश्वका जनताबिचको निकटता बढाएको छ भने नकारात्मक प्रभावले जनतालाई विभाजित गरेको पनि पाइन्छ । शान्ति, सुरक्षा, जलवायु, विपत्, सूचना प्रविधि, ऊर्जा तथा बसाइँसराइ जस्ता मुद्दाले विश्व राजनीतिलाई उथलपुथल गरेको छ । शान्ति, सुरक्षापछि आर्थिक अवसरलाई बढाउने मुख्य मुद्दाका रूपमा विश्व एक हुनु पर्छ ।

राजनीतिको सान्दर्भिक आधारबिना मानव जीवन सहज हुँदैन भन्ने मान्यता छ । जनताको सुखद जीवन राजनीतिको गन्तव्य हो भने राजनीतिलाई जनमतले वैधानिकता दिएको हुनु पर्छ । सीमाभित्रको राजनीतिक गतिविधिलाई बाह्य प्रभाव पनि पर्ने धारणा बलियो हुँदै गएको छ । विश्वव्यापीकरण, विद्युतीय शासनको प्रभाव, नागरिकको सूचनाको पहुँच र नागरिक अधिकारसहित राज्यको प्रभाव बाह्य जगत्सँग जोडिन थालेका छन् । भूराजनीतिले शासनको प्रभावलाई विश्वजगत्सँग जोड्न प्रयत्न गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)