मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

घिमिरे र वियोगीलाई साहित्य संगम चितवनको सम्मान

ratopati.com · Sun Nov 15 03:17:42 UTC 2026

चितवन । साहित्य संगम चितवनले आफ्नो स्थापना दिवसको अवसरमा दुई स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ। शनिबार आयोजित एक समारोहका बीच वरिष्ठ पत्रकार सोमनाथ घिमिरे र महाकाव्यकार माधव वियोगीलाई पुरस्कृत गरिएको हो।

संस्थाका संस्थापक अध्यक्ष मदनमोहन जोशीको परिवारद्वारा स्थापित ‘मदनमोहन जोशी स्मृति पुरस्कार’ पत्रकार घिमिरेलाई प्रदान गरिएको छ। त्यस्तै, कार्यसमिति सदस्य होमनाथ घिमिरेको परिवारद्वारा स्थापित ‘शिवा–वासु संगम काव्य पुरस्कार’ महाकाव्यकार वियोगीलाई समर्पण गरियो। दुवै पुरस्कारको राशि जनही १५ हजार १ सय ८१ रुपैयाँ रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)