मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक मिनेटको भिडियो बनाएर ५० हजारसम्म जित्ने मौका

corporatenepal.com · Sun Nov 15 03:07:08 UTC 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन र यसको प्रभावबारे बालबालिकामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरीय भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। महानगरपालिकाले काठमाडौं जलवायु कार्य सप्ताह २०८३ को अवसर पारेर कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी एक मिनेटसम्मको भिडियो प्रतियोगिता गर्न लागेको हो।

महानगरपालिकाले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा प्रतियोगिता सञ्चालन हुनेछ। आगामी मङ्सिर ७ देखि १३ गतेसम्म आयोजना हुने जलवायु कार्य सप्ताहमार्फत जलवायु परिवर्तनका असर न्यूनीकरणमा व्यक्ति तथा समुदायको भूमिका र जिम्मेवारीबारे जागरुकता फैलाउने लक्ष्य राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)