छठलाई किन लोक आस्थाको पर्व भनिन्छ ?
lokaantar.com · Sun Nov 15 03:15:13 UTC 2026

छठ पर्व मूल रूपमा नेपालको मधेश क्षेत्र तथा बिहार, झारखण्ड, पूर्वी उत्तर प्रदेशका केही क्षेत्रहरूसँग जोडिएको भए पनि बदलिँदो समयसँगै यसको स्वरूप नेपाल-भारत मात्र नभई विश्वका विभिन्न भागहरूमा पनि देखिन थालेको छ। छठ पर्वको अवसरमा नेपाल र भारतका नदी, पोखरी तथा जलाशयहरूमा घाट सरसफाइ गर्ने र नयाँ घाटहरू निर्माण गरिएका छन् । कैयौँ ठाउँमा अस्थायी पोखरीहरूको समेत निर्माण गरिएका छन् ।
छठ पर्व मुख्यतया सूर्य उपासनाको पर्व हो । छठको दिन सूर्यको आराधना गर्नाले छठी माई प्रसन्न हुन्छिन् भन्ने जनविश्वास छ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि शुरू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)