मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज कालीमाटीमा कुन तरकारीको मूल्य कति छ ?

corporatenepal.com · Sun Nov 15 03:15:18 UTC 2026

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ६०, आलु रातो (गोलो) प्रतिकिलो रु ६०, आलु रातो (मुडे) प्रतिकिलो रु ६०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु सेतो प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ९२, गाजर (लोकल) प्रतिकिलो रु ९०, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, काउली (तराई) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ६०, तने बोडी प्रतिकिलो रु ९० र मकै बोडी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४० र भिण्डी प्रतिकिलो रु ८० कायम गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)