रास्वपाका २० जना नेताहरू किन जान लागे चीन ?
corporatenepal.com · Sun Nov 15 03:28:56 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको टोली चीन जान लागेको हो। रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा नेपाल र चीनका दुई राजनीतिक दलबीच राजनीतिक तथा विकाससम्बन्धी अनुभव आदानप्रदान हुनेछ।
भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपाय, संस्थागत क्षमता अभिवृद्धि तथा जनताको अपेक्षाअनुसार राजनीतिक नेतृत्व सञ्चालन गर्नेलगायत विषयमा छलफल हुने कार्यक्रम छ। रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीले यस भ्रमणलाई दुई देशबीचको राजनीतिक संवाद र आपसी समझदारी विस्तार गर्ने अवसरका रूपमा लिएका छन्। साथै, विकासका क्षेत्रमा सहकार्यका सम्भावना पहिचान गरी द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)