'रामायण' बन्यो भारतकै सर्वाधिक कमाउने सातौँ चलचित्र
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ । बलिउड चलचित्र 'रामायण: पार्ट १' भारतकै सर्वाधिक कमाइ गर्ने सातौँ चलचित्र बनेको छ । नितेश तिवारीद्वारा निर्देशित र रणवीर कपूर अभिनित चलचित्र 'रामायण' ५ नोभेम्बर, २०२६ मा हलहरूमा प्रदर्शन गरिएको थियो ।
'रामायण: पार्ट १' को विश्वव्यापी कुल कमाइ (ग्रस कलेक्सन) १० दिनमा १,२२८ करोड भारतीय रुपैयाँ पुगेको छ। दोस्रो शुक्रबारपछि, यो चलचित्र विश्वभर सर्वाधिक कमाउने भारतीय चलचित्रहरूको सूचीमा सातौं स्थानमा उक्लिएको छ। यसको प्रदर्शन कायमै रहेकाले अझ थुप्रै रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)