जनकपुर–अयोध्याबीच ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन हुने
nepalviews.com · Sun Nov 15 03:51:41 UTC 2026

काठमाडौं । भारतको भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको छ । भारतको रेल मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै जनकपुरधाम र भगवान् रामको जन्मभूमि मानिने अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुने भएको हो ।
भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) दिल्लीले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानलाई जोड्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)