मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साप्ताहिकरूपमा अयोध्या-जनकपुरधाम रेल सेवा सञ्चालन गर्ने घोषणा

corporatenepal.com · Sun Nov 15 03:45:05 UTC 2026

काठमाडौं । नेपाल र भारतका दुई प्रमुख धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधाम र अयोध्याबीच रेलमार्गबाट सीधा सम्पर्क स्थापित हुने भएको छ। भारतीय रेल्वेले जनकपुरधामदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।

प्रस्तावित रेल सेवा करिब ६०४ किलोमिटर लामो हुनेछ। यसले जनकपुरधामलाई अयोध्या क्यान्टोनमेन्ट रेल्वे स्टेसनसँग जोड्नेछ। रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन गर्न लागिएको भारतीय रेल्वे मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)