केन्याको नैरोबीमा निर्माणाधीन भवन भत्किँदा ६ जनाको मृत्यु, पाँच घाइते
makalukhabar.com · Sun Nov 15 04:11:33 UTC 2026

एजेन्सी । केन्याको राजधानी नैरोबीमा निर्माणाधीन भवन आंशिक रूपमा भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । शुक्रवार एसजीआर स्योकिमाउ पहुँच मार्गमा रहेको निर्माणाधीन भवन भत्किँदा पाँच जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूकाअनुसार भवनको नवौँ तलामा ढलानको काम भइरहेका बेला संरचनाको केही भाग भत्किएको हो । कङ्क्रिट ढलानका क्रममा प्रयोग गरिएको फर्मवर्क अर्थात ढलानलाई अड्याउने अस्थायी संरचनामा समस्या आएपछि भवनको एक भाग खसेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)