कोप–३१ मा शहरी उत्थानशीलता र जलवायु लगानीलाई प्राथमिकता
makalukhabar.com · Sun Nov 15 04:05:30 UTC 2026

एजेन्सी । जलवायु परिवर्तनका असरबाट शहर तथा समुदायलाई सुरक्षित राख्ने, ऊर्जा दक्ष भवन निर्माण गर्ने र जलवायु अनुकूलनमा लगानी बढाउने विषय संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मा प्राथमिकताका साथ उठाइएको छ ।
टर्कीको तटीय शहर अन्टाल्यामा जारी सम्मेलनअन्तर्गत बिहीवार शहरी उत्थानशीलता, अनुकूलन तथा जलवायु कार्यसम्बन्धी उच्चस्तरीय संवाद आयोजना गरिएको थियो । टर्कीको कोप–३१ अध्यक्षता र संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) ले संयुक्त रूपमा आयोजना गरेको उक्त संवादमा राष्ट्रिय जलवायु प्रतिवद्धता र अनुकूलन योजनालाई सहर तथा समुदायमा प्रत्यक्ष लगानीका रूपमा कार्यान्वयन गर्ने उपायबारे छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)