एशिया–प्रशान्त क्षेत्र विश्वका लागि उदाहरणीय बन्नुपर्छः अस्ट्रेलियाली अर्थशास्त्री
makalukhabar.com · Sun Nov 15 04:10:27 UTC 2026

एजेन्सी । अस्ट्रेलियाका प्रख्यात अर्थशास्त्री पिटर ड्राइस्डेलले एशिया–प्रशान्त क्षेत्र विश्वका अन्य भागका लागि उदाहरणीय र प्रेरणाको स्रोत बन्नुपर्ने बताएका छन् । उनले विश्व अर्थतन्त्रमा यस क्षेत्रको भूमिका निरन्तर बढ्दै गएको उल्लेख गर्दै आपसी सहकार्य, आर्थिक अन्तरनिर्भरता र खुलापनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
अस्ट्रेलियाको क्यानबेरामा चिनियाँ समाचार संस्था सिन्ह्वासँग हालैको अन्तर्वार्तामा अस्ट्रेलियन नेसनल युनिभर्सिटीअन्तर्गत पूर्वी एसियाली आर्थिक अनुसन्धान ब्युरोका प्रमुख ड्राइस्डेलले एशिया–प्रशान्त समुदायको महत्व अहिले अझ बढेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)