मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सी

clickmandu.com · Sun Nov 15 04:12:22 UTC 2026

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि पोर्चुगलका खेलाडीले उनको सम्मानमा विशेष तरिकाले बिदाइ गरेका छन् । यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार डेनमार्कविरुद्धको खेलमा मैदान उत्रिएका पोर्चुगलका सबै खेलाडीले रोनाल्डोले आफ्नो खेल जीवनमा लगाउँदै आएको चर्चित ७ नम्बर जर्सी लगाएका थिए ।

पोर्चुगलका पूर्वकप्तान रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल करियरलाई सम्मान गर्न टोलीले यस्तो विशेष व्यवस्था गरेको हो । सामान्यतः फुटबलमा प्रत्येक खेलाडीले फरक नम्बरको जर्सी लगाउने भए पनि यस खेलमा पोर्चुगलका सबै खेलाडी एउटै ७ नम्बरको जर्सीमा मैदान प्रवेश गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)