मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरधामको प्रसिद्ध गंगासागरमा छठ गर्नेको घुइँचो, बिहानैदेखि श्रद्धालुको भीड

kalakarmi.com · Sun Nov 15 04:20:55 UTC 2026

जनकपुरधाम- आस्थाको महापर्व छठको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध तथा ऐतिहासिक गंगासागर पोखरीमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । छठ पर्व मनाउन आइतवार बिहानैदेखि पोखरी परिसरमा व्रतालु तथा भक्तजनहरूको घुइँचो लागेको हो ।

बिहान ५ बजेदेखि नै गंगासागर पोखरीमा पूजाआजा गर्न आउने श्रद्धालुहरूको चहलपहल बढेको थियो । छठ पर्वका लागि पोखरी परिसरलाई आकर्षक रूपमा सजाइएको छ भने व्रतालुहरू पूजाका सामग्री, फलफूल, ठकुवा, भुसुवा तथा प्रसादसहित पूजाआजामा सहभागी भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)